हिपमत डटकम

शुक्रबार, मंसिर १३, २०८२ || 575  पटक पढिएको

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत वर्ष असोजमा अविरल वर्षासँग आएको बाढी–पहिरोले क्षति पुर्‍याएको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न स्थानहरूको स्थलगत निरीक्षण गरेका छन्।

बाढीले सडक, पुल, खानेपानी प्रणाली, स्वास्थ्य चौकीलगायत पूर्वाधारमा क्षति पुगेको तर पुनर्निर्माण नबढेको गुनासो आएपछि मन्त्री घिसिङ शुक्रबार सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक, सिँचाइ डिभिजन प्रमुखलगायतको टोलीसहित प्रभावित क्षेत्र पुगे।

मन्त्री घिसिङले रोशी नदीले भत्काएका संरचना पुनर्निर्माणलाई प्राथमिकतामा राखी आवश्यक कार्य अगाडि बढाइने बताए। उनले अहिलेको सरकारको प्राथमिकता निर्वाचन भए पनि विपद् प्रभावित क्षेत्रको छिटो पुन:स्थापना र पुनर्निर्माणका लागि बजेट विनियोजन भइरहेको जानकारी दिए।

गत वर्षको बाढी–पहिरोले रोशी–१, २, ३, नमोबुद्ध–८, ९, साथै महाभारत–खानीखोला जोड्ने फलामेसाँघुको पक्की पुल नजिकका सडकहरूमा ठूलो क्षति पुर्‍याएको थियो। नदी किनार संरक्षण नहुँदा पुल बगाउन सक्ने खतरा रहेको स्थानीयको भनाइ छ।

मन्त्रालयले उक्त क्षेत्रलाई उच्च जोखिम क्षेत्रका रूपमा राखेर पुनर्निर्माणका लागि आवश्यक बजेट अर्थ मन्त्रालयमा प्रस्ताव गरिसकेको जनाएको छ। बाढीले स्थानीय झोलुङ्गे पुलसमेत बगाएको थियो, जसका कारण वर्षातमा आवतजावत अवरुद्ध हुँदै आएको छ।

यसैगरी, बाढीले १० शैयाको आधारभूत अस्पताल पूर्ण रूपमा बगाएको थियो।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले संघीय र प्रदेश सरकारबाट बजेट अभाव नहुने आश्वासन भए पनि निर्माण कार्य अपेक्षितरूपमा अघि बढ्न नसकेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!