
काठमाडौं – राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आगामी फागुन २१ मा हुने निर्वाचनको सुरक्षा सुनिश्चित गर्न सेना परिचालन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको बैठकले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भनी नेपालको संविधानको धारा २६६ (उपधारा १) अनुसार नेपाली सेनाको परिचालनको सिफारिस मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय गरेको हो।