
काठमाडौं: मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ।

सोमबार यही सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदीको मूल्य तोलामा ३ हजार १५५ रुपैयाँ रहेको थियो भने मंगलबार यो घटेर तोला ३ हजार ९० रुपैयाँ कायम भएको छ।