
काठमाडौँ — राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन्।
यो तथ्यांक मङ्सिर १ गते राति ९:३० बजे सम्को हो।

परिचयपत्रमार्फत दर्ता भएको कुल सङ्ख्यामध्ये १ लाख १५ हजार ७ पुरुष, १ लाख २७ हजार ६९ महिला र ९ अन्य रहेका छन्।
निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स प्रणालीमार्फत ३ लाख ११ हजार ४१५ जनाले आफ्नो नाम दर्ता गराएको छ। बायोमेट्रिक दर्ताको यो तथ्यांक नामावली सङ्कलन खुला गरिएको मितिदेखि कात्तिक ३० गतेसम्मको हो।
आयोगका अनुसार मतदाता नामावली दर्ता मङ्सिर ५ गतेसम्म गर्न सकिने छ। राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अहिले अनलाइनमार्फतै नाम दर्ता गर्न सकिने व्यवस्था छ।