
धनुषा — मधेस प्रदेशमा सात राजनीतिक दलले मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै आज पनि धर्ना जारी राखेका छन्।
मधेस भवनको अग्रभागमा बस्दै उनीहरूले विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।

गठबन्धनमा सहभागी सात दलमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।