
धनुषा — मधेस प्रदेशमा सरकार गठनको प्रक्रियाविरुद्ध सात राजनीतिक दलका सांसदहरूले विरोध प्रदर्शन थालेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा नेपालसहितका दलका सांसदहरूले जनकपुरस्थित प्रदेश सभा भवनअगाडि धर्ना दिएका हुन्।

सांसदहरूले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संविधानको धारा १६८(३) विपरीत भएको दाबी गर्दै सरकारलाई ‘अवैध’ भनेका छन्। धर्नास्थलमा उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्।
यस्तै, विरोधी दलहरूले मुख्यमन्त्री नियुक्ति खारेजी माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।