हिपमत डटकम

सोमबार, कार्तिक १८, २०८२ || 7931  पटक पढिएको

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजे राजधानीमा बस्ने भएको छ। बैठकमा हालै नेकपा (एकीकृत समाजवादी) सहित नौ राजनीतिक दलबीच भएको पार्टी एकता सहमति अनुमोदन गरिनेछ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार बैठकमा पछिल्लो सचिवालय बैठकले तय गरेका एजेन्डा र नौ दलबीचको सहमति औपचारिक रूपमा पारित गर्ने कार्यसूची रहेको छ। उनका अनुसार नेताहरूलाई छुट्टै बोल्ने समय तोकिएको छैन।

गजुरेलले थप जानकारी दिँदै भने, “९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकका निर्णय अनुमोदन गर्न बैठक बोलाइएको हो। नेताहरूलाई विशेष भाषण समय छुट्याइएको छैन।”

यस्तै, पार्टी एकताको औपचारिक घोषणा आगामी कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी गरिएको पनि उनले बताए। यसअघि आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ दलबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो।

तर, शनिबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा नेता जनार्दन शर्माले भने एकीकृत समाजवादीसँगको एकता हितकर नहुने भन्दै एकता प्रक्रिया पुनर्विचार गर्नुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!