काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार कतारको दोहा प्रस्थान गरेका छन्। उनी त्यहाँ आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका हुन्।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेल कात्तिक २० गतेसम्म दोहामा बस्ने कार्यक्रम छ। उनले उक्त अन्तर्राष्ट्रिय सम्मेलनका विभिन्न सत्रहरूमा सहभागी हुने र उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

राष्ट्रपतिको अनुपस्थितिमा नेपालको संविधानको धारा ६७(२) बमोजिम राष्ट्रपति द्वारा सम्पादन हुने कार्य सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पादन गर्ने जिम्मेवारी पाएका छन्।

भ्रमण अवधिभर उपराष्ट्रपति यादव कार्यवाहक राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्ने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!