रामकुमार परियार

सोमबार, कार्तिक १८, २०८२ || 3906  पटक पढिएको

पथरी । प्रतियोगिताको दाबेदार मानिएको संकटा फुटबल क्लबले ‘अन्तराष्ट्रिय आमन्त्रण ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप – २०८२’ को पहिलो खेल आज खेल्दैछ ।

पथरी रंगशालामा दिउँसो ३ बजे शुरु हुने खेलमा साविक उपविजेता संकटा पाँंचथर क्लबसंग भिड्न लागेको हो ।

गत वर्ष सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा फाईनलसम्मको यात्रा तय गरेको संकटा बृगेड ब्वाइजसंग टाईव्रेकरमा पराजित हुँदै उपविजेता बनेको थियो । यसपटक उपाधि उचाल्ने लक्ष्यका साथी मैदानमा उत्रन लागेको संकटा आज जित्नैपर्ने दवाबमा हुनेछ ।

पथरी ११ फुटबल क्लबको आयोजनामा कात्तिक १५ गतेदेखि शुरु भएको प्रतियोगितामा अहिलेसम्म सिरहाको सलहेश युवा क्लब र आयोजक पथरी ११ फुटबल क्लबले सेमिफाइनलसम्मको यात्रा तय गरिसकेका छन् भने आज (सोमबार) र भोलि (मंगलबार) हुने खेलले अन्य दुई टोलिको निधो गर्नेछ ।

प्रतियोगिता अन्तर्गत भोलि हुने खेलमा पथरी शनिश्चरे गोल्डकपको डेभ्यु टोलि एनआरटि काठमाडौं र झापा ११ आमनेसामने हुँदैछन् ।

अघिल्लो संस्करणमा ३ लाख पुरस्कार राशि राखिएको प्रतियोगिताको विजेताले यसपटक ५ लाख नगदसहित ट्रफि , मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार नगदसहित ट्रफि , मेडल प्राप्त गर्नेछन् ।

विधागत रूपमा उत्कृष्टता हासिल गर्ने खेलाडीहरुले समेत विधागत पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यसपटकको प्रतियोगितामा एक भारतिय टोलिसहित ८ टोलि सहभागी भएका छन् ।

रंगशालामा उपस्थित भएर खेल हेर्न चाहने दर्शकहरुको लागि आयोजकले यसपटक रु १०० को नर्मल र रु २०० को भिआईपि टिकटको व्यवस्था गरेको छ ।

पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग एवम् ईन्ट्रा फाउन्डेसनको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाईनल कात्तिक २२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!