हिपमत डटकम

आइतबार, कार्तिक १७, २०८२ || 10586  पटक पढिएको

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा शिक्षक सरुवाको निर्णयलाई लिएर चर्को विवाद उत्पन्न भएको छ। नगर शिक्षा ऐन विपरीत सरुवा गरिएको भन्दै असन्तुष्ट शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनका क्रममा आइतबार प्रहरीसँग झडप हुँदा नेपाली कांग्रेस निकट कार्यकर्ता बखतबहादुर शाही घाइते भएका छन्। उनलाई प्रहरीले लाठीचार्ज गरी नियन्त्रणमा लिएको थियो। शाहीका अनुसार, आफू अभिभावकको तर्फबाट आन्दोलनमा सहभागी भएको र प्रहरीले अनावश्यक रूपमा दमन गरेको हो।

शाहीको गोप्य अङ्गमा चोट लागेको बताइएको छ र हाल उनी वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचाररत छन्।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले प्रतिक्रिया दिँदै शाहीले शान्तिपूर्ण आन्दोलनलाई उच्छृङ्खल बनाउन खोजेपछि नियन्त्रणमा लिइएको र पछि छोडिएको जानकारी दिए। उनले शाही शिक्षक नभएको र प्रहरीमाथि हातपात गर्न खोजिएको आरोप पनि लगाए।

यता, आन्दोलनरत शिक्षक तथा नेपाल शिक्षक सङ्घमा आबद्ध व्यक्तिहरूले वीरेन्द्रनगर नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् र नगर शिक्षा शाखामा तालाबन्दीसमेत गरेका छन्। उनीहरूले सरुवाको निर्णय राजनीतिक पक्षपातपूर्ण भएको र केही नजिकका व्यक्तिलाई लाभ पुगोस् भनेर गरिएको आरोप लगाएका छन्।

तर, नगरपालिकाले भने कात्तिक १२ गते गरिएको सरुवा निर्णय विद्यमान शिक्षा ऐनअनुसार नै वैध रहेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!