हिपमत डटकम

आइतबार, कार्तिक १७, २०८२ || 2535  पटक पढिएको

विराटनगर — लामो समयदेखि विवादित डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विषयमा उत्पन्न विवादका कारण नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा आपूर्ति रोक्दा उत्पादन बन्द हुन पुगेको भन्दै मोरङ उद्योग संगठनले गम्भीर आपत्ति जनाएको छ।

संगठनले आइतबार जारी गरेको विज्ञप्तिमा भनेको छ कि विद्युत् कटौतीका कारण औद्योगिक उत्पादन ठप्प भएको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश दिएको छ।

“डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद लामो समयदेखि समाधानविहीन रहँदै आएको छ। सरकार परिवर्तनसँगै पटक–पटक विवाद बल्झँदा निजी क्षेत्रलाई नकारात्मक रूपमा चित्रित गर्ने प्रवृत्ति देखिएको छ, जसप्रति हाम्रो गम्भीर चासो छ,” विज्ञप्तिमा उल्लेख छ।

संगठनका अनुसार उद्योगमा बिजुली काटिँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक प्रभाव परेको छ। उत्पादन बन्द हुँदा रोजगारी, राजस्व, बैंक ब्याज भुक्तानी र बजार सञ्जालमा समेत प्रतिकूल असर परेको छ।

मोरङ उद्योग संगठनले नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकार र निजी क्षेत्रबीच त्रिपक्षीय समन्वयमा तत्काल विवाद समाधान गरी उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु गर्न जोडदार माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “उद्योग–कलकारखाना बन्द हुँदा थप जटिलता सिर्जना हुन नदिन अहिले काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सञ्चालन गर्न आग्रह गर्दछौं।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!