काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले आइतबार उपरथीबाट रथी दर्जामा पदोन्नति भएका गणेश कुमार श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ३० गतेको निर्णयअनुसार श्रेष्ठलाई रथी पदमा पदोन्नति गरिएको हो। पदोन्नतिसँगै उनले बलाध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा नेपाली सेनाका रथी, अधिकृत तथा श्रेष्ठका परिवारजनको उपस्थिति रहेको थियो।