काठमाडौँ । इजरायलस्थित हमासको आक्रमणमा परी ज्यान गुमाएका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइने भएको छ। जोशी हमासको कब्जामा परेका नेपालीहरूमध्ये पहिचान भएको पहिलो मृतक हुन्।
सरकारी स्रोतका अनुसार, जोशीको शव विमानमार्फत काठमाडौँ ल्याइने तयारी भइरहेको छ। शव ल्याउने प्रक्रिया नेपाल सरकार, इजरायली अधिकारी र अन्तर्राष्ट्रिय समन्वयमार्फत अघि बढाइएको हो।
बैतडीका जोशी इजरायलको एक कृषि फार्ममा काम गर्दै आएका थिए। गत असोज २० गते (अक्टोबर ७) मा हमासले इजरायलमा आक्रमण गर्दा अन्य सात नेपाली विद्यार्थीहरूसँगै उनी पनि हमासको नियन्त्रणमा परेका थिए