हिपमत डटकम

आइतबार, कार्तिक ०३, २०८२ || 1219  पटक पढिएको

वासिङ्टन डीसी । हमासले गाजामा नागरिकमाथि आक्रमण गर्ने योजना बनाएको संकेत गर्ने विश्वसनीय रिपोर्टहरू प्राप्त भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा यस्तो कुनै पनि कदम युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन हुने र पछिल्लो समय भएका कूटनीतिक प्रयासहरूलाई कमजोर पार्ने चेतावनी दिइएको छ।

यद्यपि, अमेरिकी अधिकारीहरूले ती रिपोर्टहरूको स्रोत वा विस्तृत विवरण सार्वजनिक नगरेको उल्लेख गरेका छन्।

विदेश मन्त्रालयका अनुसार, इजिप्ट, कतार र टर्कीजस्ता गाजासम्बन्धी शान्ति सम्झौताका अन्य ग्यारेन्टरहरूलाई यसबारे पहिले नै जानकारी गराइसकिएको छ। अमेरिकाले हमासलाई युद्धविरामका सर्तहरूको पालना गर्न आग्रह गर्दै, यदि आक्रमण भयो भने गाजाका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने बताएको छ।

हालसम्म हमासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन

हाल हमास र इजरायलबीच युद्धविरामको पहिलो चरण लागू भइसकेको छ। यस क्रममा हमासले केही जीवित बन्धकहरूलाई रिहा गरेको छ भने मृतकहरूको शव हस्तान्तरण गर्ने प्रक्रिया पनि जारी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!