हिपमत डटकम

शुक्रबार, आश्विन २४, २०८२ || 4443  पटक पढिएको

काठमाडौं,  असोज २४ – हालै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति हुनुभएका चारजना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक विशेष समारोहका बीच नवपदोन्नत अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो।

दर्ज्यानी चिन्ह प्राप्त गर्ने एआईजीहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ, र डम्बर बहादुर बिक रहनुभएको छ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले नवपदोन्नत एआईजीहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना दिनुभयो।

समारोहमा आईजीपी खापुङले नवपदोन्नत अधिकृतहरूलाई बधाई दिँदै उहाँहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले संगठन प्रतिको समर्पण, पेशागत दक्षता र कार्यकुशलताको मूल्याङ्कनको आधारमा गरिएको पदोन्नति भएको उल्लेख गर्दै प्राप्त जिम्मेवारीलाई इमानदारी, विवेक र नेतृत्व क्षमताद्वारा निर्वाह गर्न आग्रह गर्नुभयो।

“नेपाल प्रहरीको विकल्प भनेकै सुधारिएको नेपाल प्रहरी हो,” आईजीपी खापुङले भन्नुभयो, “विगतका कमजोरीको समीक्षा गर्दै नागरिकमैत्री र परिष्कृत सेवा प्रदान गर्न उच्च मनोबलसहित कार्य गर्न आवश्यक छ।”

नवपदोन्नत अधिकृतहरूको तर्फबाट मन्तव्य राख्दै एआईजी सुशिल सिंह राठौरले नेपालको संविधान र प्रचलित कानुनको दायराभित्र रही कानून कार्यान्वयन र शान्ति-सुरक्षामा अझ प्रेरित भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले व्यावसायिक निष्ठा, इमानदारी र कर्तव्यपरायणताका साथ आ-आफ्नो भूमिकामा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!