मोरङ । हालै जारी Gen-Z आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको परिचयपत्र (घाइते परिचयपत्र कार्ड) प्राप्त भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
प्रशासनका अनुसार आन्दोलनका क्रममा घाइते भई उपचाररत रहेका वा उपचार सकेर घर फर्किएका व्यक्तिहरूले आवश्यक विवरणका साथ कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
कार्यालयले घाइतेहरूलाई शीघ्र सम्पर्क गर्न आग्रह गर्दै आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई सम्बन्धित कार्ड वितरण गरिने जनाएको छ।
प्रशासनले यो कदमले आन्दोलनमा घाइते भएका व्यक्तिहरूको परिचय र सहुलियतका विषयमा स्पष्टता ल्याउने विश्वास व्यक्त गरेको छ।