हिपमत डटकम

बुधबार, आश्विन २२, २०८२ || 13596  पटक पढिएको

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी आन्दोलन’को जगमा बनेको वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्धारित मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु भएको बताएका छन्।

राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको आजको अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सबै पक्षसँग सहकार्य गर्न आग्रह गरे।

उनले भने, “प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउने प्रतिबद्धता जनाइसक्नुभएको छ। सञ्चार जगतको भूमिका पनि यसमा अत्यन्त महत्त्वपूर्ण छ।

मन्त्री खरेलका अनुसार सरकारसँग निर्वाचन बाहेक सुशासन, भ्रष्टाचारको अन्त्य, जेनजी आन्दोलनमा भएको जनधनको क्षतिमा छानबिन, र प्राकृतिक विपत्तिपछि पुनःस्थापना जस्ता जिम्मेवारी पनि छन्।

उनले राजनीतिक दलहरूसँग सक्रिय संवाद भइरहेको जानकारी दिँदै, निर्वाचनको वातावरण बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!