पथरी शनिश्चरे–६ मंगलबारे बजारस्थित सुनचाँदी पसलमा चोरी

करिब १२ लाख रुपैयाँ बराबरको सुन, चाँदी र नगद चोरी

रामकुमार परियार

सोमबार, आश्विन २०, २०८२ || 23020  पटक पढिएको

पथरी । पथरी शनिश्चरे नगरपालिका–६ मंगलबारे बजारस्थित न्यु थापा सुनचाँदी पसलमा गएराति चोरी भएको छ।

पसलका सञ्चालक विनोद थापाका अनुसार चोरले पसलबाट करिब १२ लाख रुपैयाँ बराबरको सुन, चाँदी र नगद चोरी गरेका छन्।

घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी चौकी कुसलचोक र इलाका प्रहरी कार्यालय पथरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

गान्धि–मनमोहन मार्गसँगै टाँसिएको आफ्नै घरमा थापाले सुनचाँदी पसलसँगै मनी ट्रान्सफर सेवा पनि सञ्चालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, चोरले घरको छतबाट प्रवेश गरी ढोका फुटाएर भित्र पसेको पाइएको छ।

प्रहरीका अनुसार चोरले सुन, चाँदी र नगद रु ५५ हजार सहित करिब १२ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!