मोरङ । अविरल वर्षाका कारण बक्राहा खोलाको बाढीले मोरङको रतुवामाई नगरपालिका–५ स्थित कुमार टोल र लारीकट्टा स्कुल आसपासको बस्ती डुबानमा परेको छ।
मिति २०८२ असोज १८ गते रातिदेखि लगातार परेको वर्षाले खोलाको बाँध फुटेपछि असोज १९ गते दिउँसो करिब ४:२० बजे उक्त बस्ती डुबानमा परेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
डुबानमा परेका २९ घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। उद्धार कार्यमा स्थानीय निकाय, सुरक्षा निकाय र स्वयंसेवकहरुको समेत सक्रियता रहेको बताइएको छ।
स्थानीयवासीका अनुसार बाढी पसेसँगै घरभित्र रहेका खाद्यान्न तथा सामानहरूमा समेत क्षति पुगेको छ।