रबिन्द्र बराल

मंगलबार, आश्विन ०७, २०८२ || 912  पटक पढिएको

 असोज  मोरङको रङ्गेली नगरपालिका–२, दिनाटोलका भविचन्द साहको असोज १ गते करेन्ट लागेर निधन भएको छ। टिनको छानामा काम गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

अहिले साहको परिवार शोकमा मात्र नभई गहिरो आर्थिक सङ्कटमा पनि परेको छ। श्रीमती अमृता साहले श्रीमानको काजकिरिया गर्नसमेत आर्थिक अभावले समस्या भएको बताउँदै सहयोगको अपिल गरेकी छिन्। उनका अनुसार हिन्दू परम्परा अनुसार काजकिरिया गर्न नसक्दा गहिरो पीडा भइरहेको छ।

साह दम्पतीका तीन साना छोराहरू — खेमराज, महेश र गोपाल छन्। भविचन्दका वृद्ध आमाबुबा पनि शारीरिक रूपमा अशक्त छन्। कान्छा भाइ प्रह्लाद साहले ज्यालादारी गरेर सातजनाको परिवार पाल्ने प्रयास गरिरहेका छन्।

श्रीमती अमृताले सबै मनकारीहरूलाई सहयोगका हात अघि बढाउन आग्रह गरेकी छन्, ताकि काजकिरिया सम्पन्न गर्न र परिवारको जीवनयात्रा अगाडि बढाउन सकियोस्।

सहयोग गर्न चाहने मनकारीहरूले प्रत्यक्ष सम्पर्क वा स्थानीय सामाजिक संस्थामार्फत सहयोग गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!