हिपमत डटकम

सोमबार, आश्विन ०६, २०८२ || 1056  पटक पढिएको

काठमाडौं — सोमबार अपराह्न शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नव नियुक्त चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिइएको छ भने, पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रालय सम्हाल्ने भएका छन्। कृषिमन्त्रीको रूपमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीको रूपमा जगदीश खरेलले शपथ लिएका छन्।

शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, सभामुख, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र उपराष्ट्रपति रामसहाय प्रसाद यादव लगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा यी चार मन्त्रीहरूको नियुक्ति आइतबार गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!