रामकुमार परियार

आइतबार, आश्विन ०५, २०८२ || 1103  पटक पढिएको

अमरदह । मोरङको सुनवर्षी नगरपालिका वडा नं २ स्थित अमरदहमा ‘अमरदह क्याम्पस’ सञ्चालनमा आउने भएको छ ।

अमरदहस्थित विरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयको भौतिक पुर्वाधारमा सञ्चालन हुने क्याम्पसले आगामी शैक्षिक सत्र २०८२/०८३ का लागि स्नातक तहमा भर्ना समेत खुलाई सकेको छ ।

क्याम्पसका अनुसार प्रारम्भिक चरणमा शिक्षा संकाय (बी.एड) र व्यवस्थापन संकाय (बी.बी.एस) का कार्यक्रम सञ्चालन गरिनेछ । क्याम्पसमा लामो अध्यापन अनुभव रहेका दक्ष प्राध्यापकहरुद्वारा पठनपाठन हुने बताईएको छ ।

क्याम्पसमा सुविधायुक्त भवन, पुस्तकालय, कम्प्युटर प्रयोगशाला , अत्याधुनिक प्रविधी सहितको स्मार्टबोर्डका साथै खेल मैदानको राम्रो व्यवस्था रहेको क्याम्पस प्रमुख कृष्ण न्यौपानेले जानकारी दिए ।

पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा छठ पर्व पछि शान्त वातावरणमा बिहानी सत्रको कक्षा सञ्चालन हुने बताईएको छ भने भर्ना शुल्क पनि सहुलियतपूर्ण रहेको क्याम्पसले जनाएको छ।

मोरङको दक्षिणी क्षेत्रमा उच्च शिक्षा सहज बनाउन यो क्याम्पस महत्वपूर्ण उपलब्धि हुने स्थानीयवासीले बताएका छन् । यसबाट पथरी शनिश्चरे नगरपालिका–५ र ६, रतुवामाई नगरपालिकाको दक्षिण–पश्चिम क्षेत्र, रंगेली नगरपालिकाको अधिकांश भाग र सुनवर्षी नगरपालिकाका विद्यार्थी तथा अभिभावक लाभान्वित हुने अपेक्षा गरिएको छ।

क्याम्पसले प्रवेश फाराम वितरण कार्य सुरु गरिसकेको छ। फाराम बिहान ७ बजेपछि वितरण हुने र थप जानकारीका लागि ९८४२१३२८४०, ९८१६३४८८५२ वा ९८१९०९४९६९ मा सम्पर्क गर्न सकिने क्याम्पसले जनाएको छ । दशैं , तिहार लगायत बिदाको समयमा समेत क्याम्पस प्रमुख न्यौपानेलाई सम्पर्क गरि प्रवेश फारम प्राप्त गर्न सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!