
काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध आयोजित ‘जेन-जी आन्दोलन’प्रति समर्थन जनाएका छन्।

नवीन पुस्ताले स्वस्फूर्त रूपमा संसद भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट सुरु गर्न लागेको आन्दोलनप्रति मेयर शाहले सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाउँदै आफ्नो “भरपूर समर्थन” रहेको बताएका छन्।
उनले आन्दोलनको उद्देश्यलाई सम्मान गर्दै कुनै राजनीतिक दल, नेता, सांसद, कार्यकर्ता वा अभियन्ताले यसमा व्यक्तिगत वा संस्थागत स्वार्थका लागि हस्तक्षेप नगर्न आग्रह गरेका छन्।
बालेनले यो आन्दोलन युवा पुस्ताको स्वतन्त्र आवाज भएको भन्दै त्यसलाई राजनीतिकरण गर्न खोज्ने प्रयासहरूबाट टाढा रहन सबैलाई सचेत गराएका छन्।
उनले लेखेका छन् :