बीरेन्द्रकुमार साह

बुधबार, भाद्र १८, २०८२ || 3031  पटक पढिएको

भोजपुर । प्रहरीले जिल्लाका विभिन्न डाँडापाखामा आफैं उम्रिएका करिब ८ हजार गाँजाका बोट तथा बेर्ना नष्ट गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत यस साता भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको हो।

इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको टोलीले करिब ४३ रोपनी क्षेत्रफलमा उम्रिएका ४ हजार २ सय गाँजाका बोट र ३ हजार ८ सय गाँजाका बेर्ना फडानी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रहरीले जिल्लाभर लागूऔषध गाँजाको बोट तथा बेर्ना देखिने स्थानमा निरन्तर अभियान सञ्चालन गर्दै नष्ट गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!