हिपमत डटकम

मंगलबार, भाद्र १७, २०८२ || 218  पटक पढिएको

सुनसरी — सप्तकोशी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि कोशी ब्यारेजका ३४ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार, आज दिउँसो ४ बजे पानीको प्रवाह प्रतिसेकेण्ड २,५६,०१० क्युसेक पुगेको छ।

यसअघि दिउँसो ३ बजे २,४९,१०५ क्युसेक प्रवाह मापन गरिएको थियो भने आइतबार राति १० बजे २,२६,५६० क्युसेक पुगेको थियो। कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३४ ढोका खोलिएको छ।

पानीको बहाव १.५ लाख क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ। हाल रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पहाडी क्षेत्रमा भइरहेको लगातार वर्षाका कारण जलसतह अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!