सम्झना साह

बिहिबार, भाद्र १२, २०८२ || 3693  पटक पढिएको

काठमाडौँ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो अभ्यास खेलमा हार व्यहोरेको छ। बिहीबार साउथ अस्ट्रेलियासँग भएको दोस्रो टी–२० खेलमा नेपाल ३ रनले पराजित भयो।

१६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५७ रनमै समेटिएको थियो। नेपालका रुपेशकुमार सिंहले ३७ रन बनाए भने लोकेश बमले ३२, भीम सार्कीले २९ रनको योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो। रायन किङ्गले सर्वाधिक ३४ रन जोडे।

नेपालका लागि रुपेश सिंह, करण केसी र शाहब आलमले दुई–दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे।

नेपाल यसअघि पनि बिहान भएको पहिलो खेलमा साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो। टप एन्ड टी–२० सिरिजमा समूह चरणबाटै बाहिरिएको नेपालले अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप अस्ट्रेलियामा अभ्यास खेल खेलिरहेको छ।

अब नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्ने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!