सोनु शर्मा

बिहिबार, भाद्र १२, २०८२ || 4491  पटक पढिएको

विराटनगर । विराटनगर –५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि अन्तर कक्षा पौडी प्रतियोगिता सुरु भएको छ । आज विभिन्न कक्षाका पौडि खेलाडीहरु बिच विभिन्न स्पर्धाहरु सम्पन्न भएका छन् । जसमध्ये १५०० मिटरको फ्रिस्टाईल खुला प्रतिष्पर्धामा कक्षा ७ का जिब्सन तामाङ प्रथम हुनुभयो । सोहि स्पर्धामा धावा तामाङ दित्तिय र सुज्ञान कोइराला तृतीय हुनुभयो । यस्तै ५०० मिटर फ्रिस्टाईल खुलामा कक्षा ६ का पुरव तिम्सिना प्रथम, कक्षा ९ का कृतक बर्तौला दित्तिय र कक्षा ८ का रेहान अन्सारी तृतीय हुनुभयो । कक्षा ४ र ५ को छात्रतर्फ १०० मिटर फ्रि स्टाइलमा प्राञ्जल तिम्सिना (५) प्रथम, रन्जित साह (५) दित्तिय र प्रनव भट्टराई (५) तृतीय हुनुभयो । सोही कक्षा बिचको १५ मिटर फ्रिस्टाइलमा बियोन श्रेष्ठ प्रथम, रिधान सिंह दित्तिय र श्रीयंश थापा तृतीय हुनुभयो । उहाँहरु तीनै जना कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ ।

यस्तै २५ र ५० मिटर पौडीका दुई स्पर्धामा प्राञ्जल तिमल्सिना, रन्जित साह र डेनिस काफ्ले क्रमशः प्रथम, दित्तिय र तृतीय हुनुभयो । छात्रा तर्फको १५ मिटरमा भावना कुमारी साह प्रथम, अपेक्षा यादव दित्तिय र स्मृती झा तृतीय हुनुभयो । कक्षा ४ र ५ को समूहबाट बेष्ट ब्वाइज प्लेयर प्राञ्जल तिमल्सिना र बेष्ट गल्र्स प्लेयर भावना कुमारी साह हुनुभयो ।
यसैगरि कक्षा २ र ३ को समूहबाट १५ मिटर फ्रि स्टाइलमा राधा देवी सुवेदी (२) प्रथम, माइरा नाज (३) दित्तिय र एबिज्ञा प्रधान (२) तृतीय हुनुभयो भने बेष्ट प्लेयरको उपाधि राधादेवी सुवेदीले पाउनुभयो । २ र ३ को ब्वाइज तर्फ १५ मिटरमा अरिजित कर्ण (३) प्रथम, सन्दर्भ अर्याल (३) दित्तिय र विज्ञान गौतम (३) तृतीय हुनुभयो भने बेष्ट प्लेयर अरिजित कर्ण हुनुभएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । विजेता खेलाडीहरुलाई विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले मेडल प्रदान गर्नुभएको थियो । प्रतियोगिता भोली सम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!