हिपमत डटकम

बुधबार, भाद्र ११, २०८२ || 7532  पटक पढिएको

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी जनयुद्धले नै देशमा ठुलो परिवर्तन ल्याएको दाबी गर्दै त्यसलाई पाठ्यक्रममा समेटिनुपर्ने बताएका छन्।

गोरखाको सिरानचोकमा आयोजित नवराज पुडासैनीको संघर्षमा सिरानचोक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी आन्दोलनले ल्याएको परिवर्तनलाई कांग्रेस र एमालेले स्वीकार गर्न नचाहेको आरोप लगाए।

उनले भने, “देश निरङ्कुश राजतन्त्रबाट समानुपातिक समावेशी गणतन्त्रमा आएको हो, यसको मुख्य कारक जनयुद्ध नै हो। त्यसैले विद्यालयदेखि विश्वविद्यालयसम्म यो चेतना फैलाउनु आवश्यक छ।”

प्रचण्डले माओवादी आन्दोलनलाई आतंककारी भनेर चित्रण गरिएको दाबी गर्दै त्यस भ्रम चिर्नु पर्ने आवश्यकता औंल्याए। साथै, परिवर्तनको यथार्थ इतिहासलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिँदै कांग्रेस, एमालेलगायतका नेताहरू र बुद्धिजीवीहरूलाई अपिल पनि गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!