रुपन्देही, भदौ ६ — नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी अनुसन्धानलाई थप गहिरो बनाउँदै रुपन्देही प्रहरीले चितवनबाट थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति चितवनको कालिका नगरपालिका–५ निवासी ५० वर्षीय हरि प्रसाद कँडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कँडेल ‘कोच नेपाल प्रालि’ का सञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हुन्। उनलाई नक्कली शैक्षिक प्रमाणपत्र तयार पार्न सहयोग पुर्‍याएको आरोपमा पक्राउ गरिएको हो।

प्रहरीले यसअघि पनि सोही प्रकरणमा विभिन्न व्यक्तिहरूलाई पक्राउ गरिसकेको छ। अनुसन्धानको सिलसिलामा कँडेलको संलग्नता देखिएको भन्दै थप अनुसन्धान जारी राखिएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!