हिपमत डटकम

बिहिबार, भाद्र ०५, २०८२ || 4494  पटक पढिएको

काठमाडौ— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार काठमाडौंको मध्यबानेश्वरस्थित थापागाउँमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्ने भएकी छिन्। दिउँसो २ बजे तय गरिएको उद्घाटन समारोहमार्फत भण्डारीले सक्रिय सार्वजनिक जीवनतर्फ पुनः पाइला चालेकी छन्।

उक्त सम्पर्क कार्यालयका लागि थापागाउँस्थित एक घर भाडामा लिइएको हो, जहाँ अब मदन भण्डारीको हीरक जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय पनि रहनेछ। यस समितिका संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन्।

यसअघि नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौं पूर्ण बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय गर्दै उनको पार्टी सदस्यता निष्क्रिय तुल्याएको थियो। तर पछिल्ला गतिविधिहरूले भण्डारी अझै राजनीतिक रूपमै सक्रिय देखिएकी छिन्।

सोमबार मात्रै उनी कोशी प्रदेशको राजधानी विराटनगर पुगेकी थिइन्, जहाँ ‘उद्घोष दैनिक’को २१औं वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम थियो। तर सो अवसरमा उनले स्थानीय राजनीतिक नेताहरूसँग भेटघाट समेत गरेकी थिइन्।

यसबाहेक, आगामी भदौ १४ गते भण्डारी वीरगञ्ज जाँदैछिन्। त्यहाँको उद्योग वाणिज्य संघद्वारा आयोजित महिला उद्यमीहरूको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!