हिपमत डटकम

बुधबार, भाद्र ०४, २०८२ || 1357  पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाएका छन्। नेकपा एमाले नेतृत्वको सरकार अहिले उपसभामुख हटाउने प्रयासस्वरूप सांसदहरूबाट खाली कागजमा हस्ताक्षर संकलन गरिरहेको बताइएको छ।

तर, डा. कोइरालाले कुनै कारण नखुलाइएको खाली कागजमा हस्ताक्षर नगर्ने अडान लिएका छन्। पार्टीले सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको भए पनि आफूलाई आधिकारिक रूपमा जानकारी नआएको कोइराला निकट एक सांसदले बताएका छन्।

“अहिलेसम्म मलाई कुनै जानकारी आएको छैन, म हस्ताक्षर गर्न गएको पनि छैन,” ती सांसदले भने, “शेखर दाइले पनि अहिले सम्म हस्ताक्षर गर्नुभएको छैन भन्ने बुझिएको छ।”

उनले उपसभामुख हटाउने विषयमा बाहिर चर्चा भए पनि पार्टीभित्र कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे। पछिल्ला दिनमा डा. कोइराला सरकारको कार्यशैलीप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!