हिपमत डटकम

मंगलबार, भाद्र ०३, २०८२ || 10746  पटक पढिएको

इजरायलले नेपाली बन्धक बिपिन जोशीप्रति देखाएको सम्मान थप प्रगाढ बनेको छ। हालै बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीलाई भेट्दै, इजरायली राष्ट्रपति इसाक हेर्जाेगले बिपिनको वीरताको खुलेर प्रशंसा गरेका छन्।

राष्ट्रपतिले भने, “जब ह’मासले आ’क्र’मण गर्‍यो, त्यसबेला उनीहरूले चलाएको ब’म विपिनले समातेर उल्टै उनीहरूतिर फ्याँकेका थिए। यस्तो साहस कमै मानिसमा हुन्छ। त्यसैले बिपिन हाम्रो लागि ‘हिरो’ हुन्।”

उनले थपे, “बिपिनजस्ता हिरोको सुरक्षित रिहाइका लागि इजरायल सरकारले हर सम्भव प्रयास गरिरहेको छ। बिपिनको रिहाइपछि म नेपालजस्तो सुन्दर र वीर जन्माउने देश भ्रमण गर्न चाहन्छु।”

यो विशेष भेटघाट राष्ट्रपति भवन र संसद भवन दुवै स्थानमा सम्पन्न भएको थियो। सामान्यतया संसद नचलेको बेला संसद भवन नखुल्ने भए पनि पद्मा र पुष्पासँगको भेटका लागि विशेष व्यवस्था गरेर संसद भवनमै भव्य स्वागत गरिएको थियो।

यो भेटले इजरायल–नेपाल सम्बन्धमा भावनात्मक गहिराइ थपेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!