काठमाडौं – उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीमा नेपाली कांग्रेस र एमाले जुटेका छन्। दुई दलले उपसभामुखले पदीय आचरण विपरीत काम गरेको आरोप लगाउँदै उनलाई हटाउने सहमति बनाएका हुन्।
यसै सन्दर्भमा एमालेले मंगलबार बिहान आकस्मिक संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएर आफ्ना सांसदहरूलाई सिंहदरबार डाकेको छ।
स्रोतका अनुसार सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायत नेताबीच उपसभामुख हटाउने विषयमा छलफल भएको थियो।
दुवै दलले महाअभियोग प्रस्तावका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको जनाइएको छ।