पथरी । मोरङको पथरी शनिश्चरेमा नेकपा एमाले नगरकमिटी र अनेम संघको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको अवसरमा विगतमा कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने अग्रज आमाहरूलाई एमाले नगरकमिटीले सम्मान गरेको छ । नगरकमिटीले विगतदेखिनै अग्रजलाई सम्मान गर्दै आएको छ । तिज विशेष कार्यक्रमको दौरान ३० जना आमाहरूलाई सम्मान गरेको हो ।

तीज विशेष कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य नैनाकला ओझा रहनुभएको थियो । त्यस्तै प्रदेश कमिटी सदस्य दिलिपकुमार राई, अनेमा संघ केन्द्रीय सदस्य एवम् एमाले प्रदेश सदस्य यमुना विष्ट बास्तोला, प्रदेश कमिटी सल्लाहकार सदस्य एवम् पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापो, जिल्ला कमिटी सदस्य, नगर तथा वडा कमिटी पदाधिकारी, सदस्यहरू सहित विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरकमिटी उपसचिव एवम् कार्यक्रम संयोजक चन्द्रकला अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगरकमिटी अध्यक्ष संजिव गिरीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सो अवसरमा प्रदेश कमिटी सदस्य एवम् नगर इन्चार्ज दिलिपकुमार राई, अनेमा संघ केन्द्रीय सदस्य यमुना विष्ट र नगरप्रमुख मोहनप्रसाद तुम्वापोले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!