विराटनगर, १५ अगस्ट — आगामी राधाकृष्ण रथयात्रालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन उद्देश्यसहित विराटनगरमा स्वयंसेवक परिचालन उपसमितिको तयारी बैठक सम्पन्न भएको छ।

रथयात्रा स्वयंसेवक परिचालन समितिका संयोजक इन्जिनियर पवन भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला प्रहरी कार्यालयका डिएसपी हस्तबहादुर सुनवार, वडा प्रहरी कार्यालयका डिएसपी अनमोल खड्का, सशस्त्र प्रहरी बलका डिएसपी नवीन अधिकारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मी, सचिव कृष्ण कार्की, सदस्य राजन न्यौपाने, सेन्ट्रो महतलगायतको उपस्थिति थियो।

बैठकमा वक्ताहरूले रथयात्रा जस्तो भीडभाड हुने कार्यक्रममा स्वयंसेवकहरूको भूमिकालाई अत्यन्तै महत्वपूर्ण बताउँदै, उनीहरूलाई जिम्मेवारीपूर्वक र तालिमसहित परिचालन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम सञ्चालन उपसमिति संयोजक गौरव भट्टराईले बैठक सञ्चालन गरेका थिए। संयोजक पवन भट्टराईका अनुसार, रथयात्राको सुरुवाती चरणदेखि नै स्वयंसेवकहरूलाई तयारीमा सक्रिय बनाइएको छ, जसले समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरियो।

रथयात्रा नजिकिँदै गर्दा भइरहेका यस्ता समन्वय र तयारी कार्यक्रमहरूले सुरक्षा र व्यवस्थापन पक्षलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!