हिपमत डटकम

बिहिबार, साउन ३०, २०८२ || 942  पटक पढिएको

विराटनगर । विराटनगरका दुई युवा नेताहरूले भारतको राजधानी दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरूसँग राजनीतिक भेटघाट तथा संवाद गरेका छन्। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य ओसिम आलम र नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरि यसपटकको दिल्ली यात्रामा व्यस्त रहँदै भाजपाका केन्द्रीय तहका व्यक्तित्वहरूसँग विचार–विमर्श गरेका हुन्।

भेटघाटका क्रममा आलम र गिरिले भाजपाका केन्द्रीय अध्यक्ष जेपी नड्डाका भाइ जगत भूषण नड्डा, केन्द्रीय सांसद माननीय प्रदीप कुमार सिंहसहितका नेताहरूसँग छलफल गरेका हुन्। दुवै पक्षले नेपाल–भारतबीचको राजनीतिक सम्बन्ध, साझा चासोका मुद्दा तथा आपसी मित्रताको गहिरो आयामबारे चर्चा गरेका छन्।

नेता आलमले संवादपछि प्रतिक्रिया दिँदै नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन युवा नेतृत्वबीचको सम्पर्क र विश्वास निर्माण जरुरी रहेको बताए। उनका अनुसार, “हामीजस्ता नयाँ पुस्ताका नेताहरूबीच नियमित संवाद र अनुभव आदान–प्रदान भए आपसी सहयोग र विश्वास बढ्न सक्छ। यसले दुई देशका सम्बन्धलाई सकारात्मक ऊर्जा दिन्छ।”

त्यस्तै, कांग्रेस नेता अभिषेक गिरिले पनि भारतसँगको ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्बन्धलाई स्मरण गर्दै यस किसिमका भेटघाटहरू आवश्यक रहेको टिप्पणी गरे। उनका अनुसार, “नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक स्तरमा मात्र सीमित छैन, यो जन–जनबीचको सम्बन्ध हो। त्यसैले नेतृत्वको पुस्तान्तरणसँगै नयाँ सोच र आपसी बुझाइलाई बढाउनु अहिलेको आवश्यकता हो।”

भेटघाटमा सहभागी भारतीय नेताहरूले समेत नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुत बनाउन आफूहरू तत्पर रहेको उल्लेख गरेका थिए। सांसद प्रदीप कुमार सिंहले दुई देशबीचको राजनीतिक सहकार्य मात्र नभई सामाजिक–सांस्कृतिक र आर्थिक क्षेत्रमा पनि सहकार्य बढाउन सकिने बताए।

यसअघि पनि नेपाली युवा नेताहरूले दिल्ली तथा अन्य भारतीय सहरहरूमा विभिन्न राजनीतिक संवाद र वैचारिक आदान–प्रदानमा भाग लिँदै आएका छन्। पछिल्ला वर्षहरूमा युवा नेताहरूको सक्रियता बढ्दै गएको छ, जसले दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन बनाउने अपेक्षा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!