विराटनगर — बाल सुधार गृह विराटनगरमा झडप भएको छ । विभिन्न बालबिज्याँईका मुद्दाका कैदबन्दी रहेकाहरुबीच झडप भएको हो । स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । त्यस क्रममा नेपाल प्रहरीका हवल्दार घाईते भएका छन् ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरियाले घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। “हामीले घटना किन र कसरी भयो भन्ने विषयमा अध्ययन गरिरहेका छौं,” एसपी चिमरियाले भने, “अहिलेसम्म स्थिति नियन्त्रणमा लिइसकिएको छ र सबै बालबन्दीलाई उनीहरूको ब्लकमा फर्काइएको छ।”
बाल सुधार गृहको भित्रको अवस्था र झडपको प्रकृति कस्तो थियो भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।