हिपमत डटकम

बुधबार, साउन २९, २०८२ || 5612  पटक पढिएको

विराटनगर — काठमाडौं उपत्यकामा अवैध शैक्षिक परामर्श संस्थामाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी र कारबाही अघि बढाइरहेका बेला कोशी प्रदेशमा पनि अवस्था उत्तिकै गम्भीर देखिएको छ।

शिक्षा मन्त्रालयका अनुसार कोशीमा हाल पाँच सयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा छन्, तर तीमध्ये २१ वटा मात्र वैधानिक रूपमा दर्ता भएका छन्। बाँकी सबै अवैध रूपमा सञ्चालनमा रहेको मन्त्रालयको भनाइ छ। बजारका मुख्य क्षेत्रमा आकर्षक होर्डिङ बोर्ड टाँसेर चलेका धेरै कन्सल्टेन्सी मन्त्रालयको मापदण्डमा नपर्ने देखिएका छन्।

मोरङको विराटनगरमा रहेका आठ वैधानिक कन्सल्टेन्सीमध्ये Achievers Consulting Services Pvt. Ltd. विगत लामो समयदेखि शिक्षा मन्त्रालयमा दर्ता भई विदेशी शिक्षाका लागि परामर्श सेवा दिँदै आएको विश्वसनीय संस्था हो। India , Bangladesh, Australia, Canada, UK, USA, Korea लगायतका मुलुकमा धेरै विद्यार्थी पठाइसकेको यस संस्थाले विद्यार्थीको रुचि, क्षमता र आवश्यकतालाई प्राथमिकता दिँदै पारदर्शी प्रक्रियामा सेवा दिँदै आएको छ।

२०७३ यता शिक्षा मन्त्रालयले नयाँ कन्सल्टेन्सी दर्ता प्रक्रिया नखोलेपछि वैधानिक बन्न इच्छुक धेरै संस्था रोकिएका छन्। यसको मौका लिएर अवैध कन्सल्टेन्सी खुलेआम सञ्चालनमा छन्। विभागका अधिकारीका अनुसार केही संस्थाले परामर्श त एक स्थानबाट दिने तर विदेश पठाउने काम अर्को कन्सल्टेन्सीमार्फत गर्ने जस्ता अनियमितता गरिरहेका छन्, जुन पूर्णतः गैरकानुनी हो।

विशेषज्ञहरूले विद्यार्थी र अभिभावकलाई जोखिमबाट बच्न दर्ता र पारदर्शी कार्यशैली भएको कन्सल्टेन्सी रोज्न आग्रह गरेका छन्। उनीहरूका अनुसार, वैधानिक र अनुभवी संस्था छनोट गर्नु नै सुरक्षित भविष्यको बाटो हो।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!