हिपमत डटकम

मंगलबार, साउन २८, २०८२ || 268  पटक पढिएको

इनरुवा, साउन २७ — इनरुवा–दुहबी सडकखण्डमा माइक्रोबस (विङ्गर) द्वारा क्षमताभन्दा बढी यात्रु ओसारपसार र अत्यधिक गति नियन्त्रणबाहिर लैजाने प्रवृत्तिका कारण सवारी दुर्घटनाको दर दिनानुदिन बढ्दो छ। यस समस्यालाई समाधान गर्न स्थानीय तहबाट सक्रिय पहल सुरु गरिएको छ।

मंगलबार बिहान अस्थायी प्रहरी चौकी बलाहा परिसरमा स्थानीय युवा, जनप्रतिनिधि, ट्राफिक तथा नेपाल प्रहरी, माइक्रो व्यवसायी लगायत सरोकारवालाहरूको सहभागितामा विशेष बैठक सम्पन्न भयो।

बैठकमा सहभागी स्थानीय युवाहरूले सवारीसाधन सञ्चालनमा सुरक्षा सचेतना आवश्यक रहेको भन्दै इनरुवा नगर क्षेत्रभित्र माइक्रो सवारीको गति नियन्त्रण र क्षमताअनुसार मात्र यात्रु राख्नुपर्ने माग अघि सारे।

“गाडीको तय क्षमताअनुसार मात्र यात्रु चढाउनुपर्ने र नगर क्षेत्रमा तीव्र गति नियन्त्रण गर्न व्यवसायीहरूले जिम्मेवार बन्नुपर्छ,” स्थानीय युवाहरूको जोड थियो।

उक्त छलफलमा इनरुवा नगरपालिकाका नगर प्रमुख, विभिन्न वडाका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरी, माइक्रो व्यवसायीका प्रतिनिधि तथा स्थानीय युवाहरूको उपस्थिति थियो।

बैठकमा सवारी दुर्घटनाको जोखिम न्यूनीकरणका लागि तत्कालीन उपाय अपनाउने तथा दीर्घकालीन रणनीति निर्माण गर्ने सहमति बनेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!