हिपमत डटकम

मंगलबार, साउन २८, २०८२ || 595  पटक पढिएको

विराटनगर । कृष्ण लाईफले विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ। सिद्धस्वरुप दासले विराटनगरमा कृष्ण लाईफको केन्द्रीय कार्यालय स्थापना गरेर यस वर्ष श्रीकृष्ण जन्माष्टमीको कार्यक्रम आयोजना गर्न लागेका हुन्।

कृष्ण लाईफका मुख्य संरक्षक सिद्धस्वरुप दास र केन्द्रीय कार्यालय विराटनगरका अध्यक्ष साधुशरण प्रधानले आइतबार पत्रकार सम्मेलन गर्दै भाद्र ३१ गते शनिबार विराटनगरको सिटी प्यालेस होटेल एन्ड रिसोर्टमा कार्यक्रम हुने जानकारी दिए। उनीहरूका अनुसार कार्यक्रममा ३० देखि ४० हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।

गत वर्ष पनि कृष्ण लाईफका पदाधिकारीहरूले इस्कन प्रभुपादको नाममा कृष्ण जन्माष्टमीको कार्यक्रम आयोजना गरेका थिए, जसमा ३० देखि ४० हजार भक्तजनको सहभागिता रहेको थियो। यस वर्षको कार्यक्रम आयोजना गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने मुख्य संरक्षक सिद्धस्वरुप दासले बताए।

कृष्ण लाईफको केन्द्रीय कार्यालय विराटनगर महानगरपालिका–१० स्थित नमस्कार होटेलको गल्लीमा रहेको छ र यही कार्यालयबाट सबै कार्यक्रम सञ्चालन भइरहेको छ। संस्थाले साउन ३१ गते शनिबार सिटी प्यालेस होटेल एन्ड रिसोर्टमै श्रीकृष्ण जन्माष्टमीको कार्यक्रम आयोजना गर्ने भएको छ।

यसका साथै, भाद्र १ गते आइतबार विराटनगरमा निस्कने ५८औं संस्करणको श्रीराधाकृष्ण रथयात्रामा पनि कृष्ण लाईफको ब्यानरमा सांस्कृतिक झाँकीसहित सहभागिता जनाउने कार्यक्रम रहेको मुख्य संरक्षक दासले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!