हिपमत डटकम

सोमबार, साउन २७, २०८२ || 2178  पटक पढिएको

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको यात्रुबाहक बस (मे १ ख १७९९) र विपरीत दिशाबाट आइरहेको माइक्रोबस (प्रदेश २–०१–००१ ज ००४७) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

निधन हुनेहरुको पहिचान अझै खुल्न बाँकी छ भने घाइतेहरुलाई इनरुवा अस्पताल, विराटनगर न्यूरो तथा नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!