प्रेम के.डि
पथरी । सामुदायीक वन दिवसको अवसरमा मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङ्गी सामुदायीक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ । हरेक वर्ष विविध कार्यक्रम गरि मनाँईदै आएको सामुदायीक वन दिवस यस वर्ष डाँस मोरङ्गीमा वृक्षरोपण गरि मनाईएको हो ।
सामुदायीक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगरकार्यसमितिले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ मोरङले सहकार्य गरेको गरेको थियो । जंगलि जनावरहरुलाई जंगलमा आहाराको अभावमा सडकमा पुग्दा दुर्घटनाको जोखिम बढ्ने तथा बस्तीमा हात्ति प्रवेश गर्ने र क्षती बढ्ने हुँदा त्यस्ता संभावित जोखिम न्युनिकरण हुने अपेक्षासहित वृक्षरोपण कार्यक्रम आयोजना गरिएको सामुदायीक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले बताए ।
वृक्षरोपण कार्यक्रम अन्तर्गत वन क्षेत्रमा २ सय ५० बोट केरा र कार्यालय परिसरमा २ सय ५० बोट सुपारी लगाइएको डाँस मोरङ्गी सामुदायीक वनका अध्यक्ष हरि निरौलाले जानकारी दिए ।
सामुदायीक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगरअध्यक्ष मैनादेवि फुयाँलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्वापो प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुम्वापोले वन क्षेत्रका समस्या समाधानका लागि नगर सधै सहकार्य गर्न तत्पर रहेको बताए । आफुपनि वन क्षेत्रमा कार्य गरेकै विगत बताउँदै कतिपय कार्यमा ऐन कानुन बाधक बनिरहेको समेत नगरप्रमुख तुम्बापोले बताए ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय पथरीका कार्यालय प्रमुख डिएसपि तुलसिराम अर्यालले वन क्षेत्रमा हुने गरेका अपराधिक गतिविधिलाई नियन्त्रणमा लिनका लागि प्रहरी र वनकर्मिहरुको सहकार्य रहनुपर्ने बताए । कार्यक्रममा विभिन्न सामाजिक संस्था र वन समितिहरुका साथै सयौं स्थानिय उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।