रबिन्द्र बराल

आइतबार, साउन २६, २०८२ || 1351  पटक पढिएको

मोरङको रंगेली– स्थित गृह श्रमिक सृजनशील महिला समाज नेपालको आयोजनामा तथा टेवा थापा खेल संस्थाको सहयोगमा सञ्चालन गरिएको एक महिने आत्मानिर्भरता तालिम सम्पन्न भएको छ। तालिमको उद्देश्य रंगेली नगरपालिकाभित्रका महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउनु थियो।

“संस्थागत विकास र दिगोपन” भन्ने मूल नारासहित रंगेलीस्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा सञ्चालन गरिएको उक्त सीपमूलक तालिममा सहभागी महिलाहरूले बाँसको चोया र जराबाट विविध सजावटी सामग्री निर्माण गर्ने सीप सिकेका थिए। समापन समारोहमा उनीहरूले आफैंले तयार गरेका सामग्रीहरू प्रदर्शन गरेर कार्यक्रमको समापन गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य यसोधा कायस्त थिइन्। विशिष्ट अतिथिमा उप–मेयर भूमा पराजुली, वडा अध्यक्ष सुजित मण्डल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटी, मुख्य मन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी, संस्था अध्यक्ष शान्ता श्रेष्ठ, अमृता राय, उषा कुँवर लगायत स्थानीय बुद्धिजीवीहरूको उपस्थिति थियो।

प्रशिक्षक गोपाल तामाङका अनुसार तालिममा तयार गरिएका सामग्रीहरू जस्तै — सोफा, कुर्सी, टेबल, बक्स, किस्ती, गिलास, चराका लागि घुँसारो, फोटो फ्रेम जस्ता वस्तुहरू स्थानीय बजारमा बिक्री गर्ने योजना रहेको छ। बिक्री नभएमा उनी स्वयंले बजार व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समापन कार्यक्रममा सहभागीहरूले एक महिनाको तालिमले आफूहरूलाई आत्मनिर्भर बनाउने महत्वपूर्ण अवसर दिएको भन्दै खुशी व्यक्त गरे। साथै, उनीहरूले तयार गरेका सामग्रीहरू अतिथिहरूलाई मायाको चिनोस्वरूप पनि प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!