काठमाडौं – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेलीविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नगरपालिकाको वडा नं. ६ मा निर्माण गरिएको पक्की नालाको ठेक्का भुक्तानी दिने क्रममा मेयर साहले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ।

उक्त घटनाबारे उजुरी परेपछि अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साहलाई बिचौलियामार्फत लिएको घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि घुस लिएको पुष्टि भएपछि विशेष अदालतमा आरोप पत्र दर्ता गरिएको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार एक लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!