काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ।
कुल ३ लाख ९६ हजार ३४७ नियमित परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४६५ जना (६१.१७%) ग्रेडेड भएका छन्। आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थीमध्ये ४१ हजार ८४० जना (३६.४९%) ग्रेडेड भए।
उत्तीर्णमध्ये:
३.६१–४.०० GPA: १३,५०२ जना
३.२१–३.६० GPA: ५५,८९६ जना
२.८१–३.२० GPA: ९४,२६८ जना
२.४१–२.८० GPA: ६९,८१२ जना
२.०१–२.४० GPA: ८,९६४ जना
१.६१–२.०० GPA: २३ जना
परीक्षामा अनुशासनहीनता देखिएको भन्दै १७ जनाको नतिजा रद्द गरिएको छ। पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने छ।