हिपमत डटकम

बुधबार, जेठ २२, २०८२ || 8683  पटक पढिएको

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रमा रहेका कृषि, सहकारी संस्थाहरुसँग राय सुझाव संकलन गरेको छ ।

आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरपालिकाको सभाहलमा आगामी बजेट योजनाको लागि कृषि र सहकारीकर्मीहरुसँग राय सुझाव संकलन कार्यक्रम गरिएको हो ।

नगर क्षेत्र भित्र कृषि र सहकारीमा भएका समस्याहरु र राय सुझाव दिएका थिए । सो राय सुझाव संकलन पश्चात् नगरबाट कृषि र सहकारीमा भइरहेका कार्यहरुको आगामी योजनाका विषयमा प्रमुख प्रशासकीय अधिकृत शशि राईले विस्तृत रुपमा जानकारी गराउनुभयो ।

सो कार्यक्रममा कृषि शाखा प्रमुख सविना राई, सहकारी शाखा प्रमुख केशवदेवी धमला र पशु प्राविधिक लक्ष्मी घिमिरेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!