हिपमत डटकम

शुक्रबार, जेठ १०, २०८२ || 1180  पटक पढिएको

विराटनगर।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय राजारानी धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीलाई २०८२ साल बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी  (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यताआदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अस्थायी प्रहरी बिट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले बैशाख १५ गते चौबिसे गाउँपालिका-५ बोधे स्थितबाट ना. ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको ९ सय ४६ किलोग्राम गाँजा (३८ बोरा) र  ट्रकमा रहेका व्यक्ति समेतलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइ उत्कृष्ट कार्य गरेको हुँदा निज प्रहरी सहायक निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!