पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले वडा नं. १० मा कम्प्युटर कक्षाको उद्घाटन गर्नुभएको छ ।
आज उप–प्रमुख काफ्लेले वडाको शिविरमा हिमालयन औरा डिजिटलद्वारा सञ्चालित निःशुल्क कम्प्युटर कक्षाको रिबन काटी उद्घाटन गर्नुभएको हो ।
सो उद्घाटन कार्यक्रममा मन्तव्यका क्रममा कार्यक्रमको प्रमुख अतिथि उप–प्रमुख काफ्लेले भन्नुभयो–‘यो वडावासीको लागि निक्कै राम्रो अवसर हो, तपाईहरुले निःशुल्क कम्प्युटर कक्षाको ज्ञान हासिल गरी आफ्नो कम्प्युटर स्किल बढाउनुहोस् शुभकामना दिन चाहन्छु ।’
राम बानियाको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा वडाध्यक्ष जीवन खतिवडा, पूर्व नगर प्रमुख दिलिपकुमार राई, भ्वाइस अफ नेपाल विजेता किरण गजमेर, पूर्व क्याम्प सचिव चम्पासिंह राई, क्याम्प सचिव करण राई, खानेपानी समिति सदस्य चन्द्र घिसिङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो कम्प्युटर कक्षाका विषयमा तालिम निर्देशक राजेश थापा र कम्प्युटर शिक्षक सुगम पोखरेलले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहन विक्रम दाहाल, समाजसेवी देवराज भण्डारी, वडा सदस्य तथा कार्यपालिका सदस्य मिना योन्जन, वडा सदस्यहरु दिलबहादुर कार्की, विरबहादुर बस्नेत, मनकुमारी विश्वकर्मा, विद्यालयका प्रअहरु र वडावासीको उपस्थिति रहेको थियो ।