पथरीशनिश्चरे । ईङघङ मिडिया प्रालिको सहजीकरण एवम् पथरीशनिश्चरे नगरपालिका वडा नं ५ को सहयोगमा हसन्दहमा आजदेखी कपाल काट्ने तालिम शुरु भएको छ ।
तालिमको आज (आईतबार) हसन्दहस्थित वडा नं ५ को सभाहलमा वडा नं ५ का अध्यक्ष चेतन खड्काले औपचारिक रूपमा उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा वडा नं ६ का अध्यक्ष कृष्ण कुमार बस्नेत , वडा सदस्यहरु सागर मगर , मुना खड्का साथै किरात याक्थुङ चुम्लुङका नगर सदस्य गोविन्द लिम्बू लगायतको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै वडा सदस्य मुना खड्काले यस्ता शिपमूलक तालिमले युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बन्ने बाटो खोल्ने बताइन् । प्रमुख अतिथि समेत रहेका वडा नं ५ का अध्यक्ष चेतन खड्काले यस्ता तालिमहरु नियमित रुपमा सञ्चालन हुनु पर्ने आवश्यकता औंल्याउँदै राज्यले पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
उद्घाटन कार्यक्रमका सभापति एवम् ईङघङ मिडिया प्रालिका अध्यक्ष फिपराज बेघाले तालिमले युवाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तालिम सञ्चालनमा साथ दिएकोमा वडा नं ५ लाई धन्यवाद दिए ।
पथरीशनिश्चरेमा लामो समयदेखि सैलुन व्यवसाय सञ्चालन गर्दै आएका शत्रुधन ठाकुरले प्रशिक्षण दिने तालिममा स्थानीय युवाहरुको उत्साहजनक सहभागिता रहेको छ ।