पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना प्रारम्भिक परामर्श कार्यशाला सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजनामा आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना प्रारम्भिक परामर्श कार्यशाला सम्पन्न भएको हो ।
पथरी शनिश्चरे नगरपालिका नगर विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सो कार्यशाला हाम्रो कन्सल्टेन्सीका याशप्रसाद सुब्बा र रामकुमार दाहालले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
सो कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्षहरु भीम राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, नविन कार्की, लोककिरण न्यौपाने, कार्यपालिका सदस्यहरु, नगरका राजनीतिक दलका प्रतिनिधिहरु, नेपाल प्रहरी र एपीएफका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पथरी शनिश्चरे नगरपालिकामा नगर स्तरीय विपद् व्यवस्थापन समिति वडा स्तरीय छलफलका लागि कार्ययोजना निर्माण गरिने भएको छ । विपद व्यवस्थापनका लागि जलवायु उत्थानशील कार्ययोजना वडा स्तरीय छलफलका लागि जेठ ४ गते वडा नं. ७ र ३ मा १२ बजेदेखि, जेठ ५ गते वडा नं. १ र १० मा १२ बजेदेखि, जेठ ८ गते वडा नं. ९, ८ र ४ मा १२ बजेदेखि, जेठ ९ गते वडा नं. २, ५ र ६ मा १२ बजेदेखि गरिने नगरका विपद् फोकल पर्सन सुरेन्द्र राईले जानकारी दिनुभयो ।